दफा १७
सडकमा चल्न सक्ने सक्षमताको प्रमाणपत्र दिनु पर्ने
(१) दफा १६ बमोजिम कुनै सवारी दर्ता गर्नु भन्दा अगावै त्यस्तो सवारी चलाउन सकिने ठीक स्थितिमा छ वा छैन भन्ने कुराको दफा २३ बमोजिम तोकिएको मापदण्डका अधीनमा रही जाँचबुझ गरी चलाउन सकिने ठीक स्थितिमा रहेछ भने मात्र त्यस्तो सवारी दर्ता गरी दर्ताको प्रमाणपत्र दिनु पर्छ । त्यसरी दर्ताको प्रमाणपत्र दिंदा त्यस्तो सवारीको धनीलाई त्यस्तो सवारी सडकमा चल्न सक्ने सक्षमता (रोड ओर्दीनेस) को प्रमाणपत्र समेत दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम दिइएको सक्षमताको प्रमाणपत्र सवारीमा टाँसी राख्नु पर्छ ।